बाजुरा जिल्लामा दुइ वटा पालिका बिवाद पुनः निर्वाचन

बाजुरा जिल्लाको पछिल्लो अवस्था अनुसार जिल्लाका दुइ वटा पालिकामा आएको बिवाद र पुनः निर्वाचनका लागि छलफल भैरहेको छ । जसमा बुढीनन्दा नगरपालिकाको वडा नं. ८ मा निर्वाचन आयोगको नियम कानुन संवत पुनः निर्वाचनको समय तोक्न आदेश दिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले जानकारी दिनु भएको छ भने जिल्लाको बुढीगंगा नगरपालिकाको वडा नं. २, ३, ५ र ८ मा ३० गते भएको मतदानका बिवाद आए पश्चात मतदान स्थगित भएको थियो तत्काल निर्वाचन अधिकृत निरञ्जन स्थिापितले राजिनामा दिएका थिए । राजिनामा दिए पश्चात एमालेका नेताहरुले पुनः फर्काएको जानकारी आएको छ । बुढीगंगा नगरपालिका वडा नं. ३ संघिय संसदको वडा रहेको छ । बुढीगंगा नगरपालिकाका स्थगित भएका वडाहरुको बिबाद र निर्वाचन अधिकृतको राजिनामाका बिषयमा समस्या समाधान गर्न निर्वाचन आयोग नेपालले निर्वाचन आयूक्त सम्शेर जवरा आजै हेलिकप्टरबाट सुर्खेत हुँदै बाजुरा आउने जानकारी बडीमालिका नगरपालिकाको निर्वाचन अधिकृतकको कर्यालयका निर्वाचन माधब प्रसाद घिमिरेले जानकारी दिनु भएको छ । जबरा आजै काठमाण्डौबाट बाजुरा आए पश्चात बिवादित बुढीगंगा नगरपालिकामा गएर समस्या समाधान गर्नु पर्ने भएको छ । बडीमालिका नगरपालिकामा पनि आजैबाट मत गणना गरिने भनी सबर्वदलिय बैठक बसेर निर्णय भएको भएता पनि जिल्ला न्यायधिस निर्वाचन अधिकृत माधब प्रसाद घिमिरे पनि निर्वाचन आयुक्त बाजुरा पुगेपश्चात संगै बुढीगंगा नगरपालिकामा जाँनु पर्ने भएकोले बडीमालिकाको मत गणना पनि बुढीगंगाको समस्या समाधान गरेर फर्के पछि मात्र मत गणना सुरु हुने जिल्ला न्यायधिस निर्वाचन अधिकृत माधब प्रसाद घिमिरे ले जानकारी दिनु भएको छ ।
१.स्वामिकार्तिक खापर गाँउपालिका
वडा नं. १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष ५७३ विजयी मत ल्याएर विजय हासिल गरेको हो । त्यस्तै वडा नं. २ मा पनि नेपाली काँग्रेसले विजय हात पारेको छ । वडा नं. १ मा नेकपा माओवादी केन्द्रका अजय बि.क.ले उनका प्रतिस्पर्धी कात्तिके ब.क.लाइ पराजित गरेका हुन ।
२२४७ मत गणना गर्दा २ वटा वडाको नतिजा आइ सकेको छ भने वडा नं. ३ मा काँग्रेस अध्यक्षः ९९८, उपाध्यक्षः ६३४, ३ मा समाजवादी÷माओवादी, अध्यक्षः ६०४, उपाध्यक्षः ५७०, ३ मा एमाले, गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ९९८ मत ल्याएर अग्रतामा रहेको छ भने उपाध्यक्षमा एकिकृत समाजवादी र माओवादीका गठबन्दनले ६३४ मत ल्याएर अग्रता लिइ रहेको छ । त्यस्तै गाँउपालिकाको अध्यक्षमा समाजवादी÷माओवादी गठबन्दनमा अध्यक्ष ६०४, उपाध्यक्षः ५७० मतले पछ्याइ रहेको छ । पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा एमालेले अध्यक्षमा ५३०, उपाध्यक्षमा ७४९ मत प्राप्त गरेको छ ।
२.खप्तड छेडेदह गाँउपालिका
वडा नं. १ नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार वीर बहादुर रावल विजयी
उनले नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार दान बहादुर रोकायालाई ४१ मतले पराजित गर्दै बिजयी बनेका हुन
रावलले ६०९ मत प्राप्त गरेका छन् भने रोकायाले ५७० मत मात्र प्राप्त गरेका छन्
वडा नं. २ नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भक्त बहादुर बुढा नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार गणेश शाहीलाई ७८ मतले पराजित गर्दै बिजयी बनेका हुन । बुढाले ४९२ मत प्राप्त गरेका छन् भने शाहीले ४१४ मत मात्र प्राप्त गरेका छन् । गाउँपालिकामा पनि नेपाली कांग्रेसको नै अग्रता कायमै रहेको छ । नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकामा नेपाली कांग्रेसले वडा न . ३ मा पनि नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिर्क बहादुर रावतले नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार दिपक रावतलाई ३८ मतले पराजित गर्दै बिजयी बनेका हुन ।