नेपाली मानवीय असमानता मुक्ती एकता संघ भारतको केन्द्रिय कमिटी द्वारा राहात सहयोग वितरण

वि.सं.२०७९ मंसिर २८ बुधवार २१:१८
अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान कुजेडाका १२ घर दुरिलाई नेपाली मानवीय असमानता मुक्ती एकता संघ भारतको केन्द्रिय कमिटी द्वारा राहत वितरण गरिएको स्थानीय बासिन्दाहरुले जानकारी दिनु भएको छ।
केही समय अगाडि बाढिले पुरै अन्नबाली देखि जमिन जग्गा समेत कर्णाली नदिले बगाएको थियो।त्यस बेला देखिनै प्रवास बाट पनि सहयोग गर्ने अठोट नेपाली मानवीय असमानता मुक्ती एकता संघले राखेको थियो।
बाढिले गर्दा कुजेडाका धेरै घरदुरी समस्या अग्रसित भएका थिए।स्थानीयहरुका अनुसार १० बर्ष पहिला पनि यस्तै बाढिले क्षेती गरेको दर्साउदै हाल २०७९ सालमा पनि उस्तै क्षेती गरेको जानकारी दिनु भयो।तर,राज्यका कुनै पनि निकाएले स्थायी रुपमा दिगो तटबन्धन नबनाएको कुरा जानकारी दिदै,दिगो तटबन्धनको लागि स्थानीय सरकार मोहोन रहेको पनि जानकारी दिनु भयो।
सहयोगी मित्रहरुको टिम
(१) पंख टमट्टा
(२) उजल सुनार
(३) हिक्मत रसाइली
(४) मनोज बिश्वकर्मा
(५) लोकेश बि क
(६) खम्म रसाइली
(७) उमेश लामिछाने
(८) कबिराज दुब्राकोटी
(९) कमल अछामी
(१०)मीन मलाती
(११) खेमराज डाडाबाँडी
उक्त टिमले सहयोग स्वरुप राहत उपलब्ध गराएको सहयोग हस्तान्तरण कर्ता लोग बहादुर मलातीले जानकारी दिनु भएको छ।लोग बहादुर मलातीको रोबहरमा राहत वितरण गरिएको हो।

वि.सं.२०७९ मंसिर २८ बुधवार २१:१८