महिलाहरुको माहन चार्ड हरितालिका तिजको पावन अबसरमा स्वदेश तथा बिदेश तिर छरिएर रहनु भएकी सम्पुर्ण महिला दिदिबहिनीहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु।

वि.सं.२०७९ भदौ १५ बुधवार ०४:५४

बिमला बिश्वकर्मा (टमट्टा) नारी भन्ने शब्द आफैमा एक अमुल्य शब्द हो।जस्को सम्मान स्वरुप अधिकार सुनिश्चितका लागि सरकारले एकदिने सार्वजनिक बिदा दिने गरेको छ।२०७९भाद्र १४ गते यथार्थ आज महिलाहरुको महान चार्ड हरितालिका तिज नेपालिहरुले नेपाल लगाएत अन्य देशहरुमा पनि आफ्नो संस्कृति झल्काउने प्रचलन छ।महिलाहरुलाई कम्जोर सम्झिनेहरु पनि धेरै छन।हामिहरु आफ्नो अधिकार सुनिश्चित गर्न र थप पुरुष संग संर्घष गर्नका निमित्त राज्यको हरेक निकायमा सरकारले आरक्षणको ब्यवस्था गरेको छ।महिलाहरूको सम्मान स्वरुप सम्पुर्ण राजनीतिक पाटिहरुले पनि हरितालिका तिजका कार्यक्रम गर्ने प्रचलन छ।हाम्रो सांस्कृति,पहिचान र सभ्यता निर्माण र अधिकार सुनिश्चितका लागि पनि महिलाहरू राज्यको हरेक निकाय बाट संर्घष गर्न आबश्यक छ।नारिहरु आफैमा संर्घषशिल र परिवर्तनकारी ब्यक्ती हुन जस्ले हरेक परिवर्तनकरि ब्यक्तित्वलाई जन्मदिने गर्दछन।जस्लाई हाम्रो क्रूर समाजले घृणा गर्ने गर्छ।हरितालिका तिज बिशेश कार्यक्रम आज नेपाल लगाएत बिश्वको हरेक ठाउँमा नेपालिहरुले आफ्नो संस्कृति मनाउने गर्दछन।राज्यको हरेक निकायमा महिलाहरूलाई आरक्षणका रुपमा मात्र होइन पुर्ण सामानुपातिक समाबेशिका रुपमा प्रतिनिधित्व गाराइयोस।हरेक महिला आफै सक्षम बन्नुपर्छ।जुन मान्छे महिलालाई बलात्कार गर्छ्नी हो त्यो मान्छे पनि त्यही महिला बाट आफुले जन्म लिएको हु भन्ने कुरा भुल्छ।
महिला पनित कसैको आमा हुन,कसैको बहिनी हुन होइनर???
महिलाहरु अब आफै सक्षम हुनुपर्छ ताकी राज्यको हरेक निकायमा पुर्ण सामानुपातिक प्रतिनिधित्व हुनुपर्छ।महिलाहरुलाई कम्जोर सम्झिनेहरुका लागि पनि केही गरेर देखाउनु पर्छ।
फेरि पनि सम्पुर्ण महिला दिदिबहिनीहरुलाई हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

वि.सं.२०७९ भदौ १५ बुधवार ०४:५४