हिजोको नेपाल बन्द सफलता पुर्वक पालना गर्ने नेपाली जनताहरुलाई संयुक्त मोर्चा द्वारा धन्यवाद

वि.सं.२०७९ भदौ ८ बुधवार ०८:३१

पंख टमट्टा हिजो चार दलिय संयुक्त मोर्चाले गरेको नेपाल बन्द नेकपा संगको ३ बुदे कार्यलन,MCC,SPP,महङ्गी लगात राष्ट्र घाति कार्यको विरुद्ध दलाल भ्रष्ट राज्य सत्तालाई सचेत गराउन लागेको मात्र हो।तर,दलाल भ्रष्ट राज्य सत्ताले गरेको दमन स्वाभिमान आम नेपालीले घोर निन्द्रा र भत्सर्ना गर्दछु।
हिजोको नेपाल बन्द कसैको निहित स्वार्थका लागि थियन।त्योत राष्ट्रिय स्वाधीनता,सार्बभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणका लागि थियो।हिजोको नेपाल बन्दको बिषयमा
कतिपय साथिहरुले गरेको टिप्पणी आपत्ति जनक छ।देशको,राष्ट्रियताको,स्वाधीनताको पक्ष उभिदा हिजो भन्दा कयौ कठिन यात्र गर्न बाकी छ।कतिपय फोटोहरु कपाडा खोलेर हालेको र पिटेको देख्न पाउँदा अनि त्यस्लाई मजाक सम्झिएको देख्दा अचम्म लाग्यो।
के देशको राष्ट्रियताको पक्षको लडाई हाम्रो होइनर??
अचम्म त तेहा लाग्यो मलाई जब राष्ट्र जटिल संकटमा त्यहाँ राष्ट्रबादिहरु हु भन्नेहरु घरमा आराम गरेर बसेको देख्दा।
उनिहरुत आफ्नो प्रचार प्रचार र आफू राष्ट्रबादी भनेर चिनिनको लागि जनताहरुको भिडमा गएर भाषण मात्र गरेर बस्ने हुन।म भन्छु तिनीहरु नक्कली राष्ट्रवादी हुन।जो संर्घष नगरेरै राष्ट्रिय समस्याको मुक्ती चाहन्छन त्यो सम्भव छैन
तसर्थ नेपाली जनताहरुले राष्ट्रियताको पक्षमा एकपटक संर्घष गर्नुपर्ने देखिन्छ।सांस्कृतिक टिमका केन्द्रिय समना परिवारलाई दुव्र्यवहार गरेर दलाल भ्रष्ट सरकारले गिरफ्तार गर्नु पनि निन्दनीय छ।त्यस्को घोर निन्द्रा र भत्सर्ना गर्दछु।जस्को मूल्य पनि एकदिन नेपाली जनताले अबश्य चुकाउने छ। कलाकार टिमको केन्द्रिय सामना परिवारलाई दुव्र्यवहार तरिकाले गिरफ्तार गर्नु आफैमा निन्दनीय छ।जस्को जति भत्सर्ना गरेपनी कमै हुन्छ।यस्को मुल्य आम स्वाभिमान नेपालिहरुले अबश्य चुकाउने छ्न।अब राष्ट्रिय रक्षाको लडाईमा राष्ट्रवादि आम नेपालिहरु एक भएर संर्घष गरौ।

वि.सं.२०७९ भदौ ८ बुधवार ०८:३१