दुर्गम गाउँका समस्याको चिन्ता कस्ले गर्ने

मेरो साथिहरु बाट म माथी उठाइएका प्रश्नको आज फुर्सद निकालेर सरल रुपमा जवाफ दिदै छु।

(१)तपाईंको लेखाइमा किन मोहनता???
उत्तर~मेरो साथिहरुमा लेखाइको मोहनताको लागि क्षेमा चाहन्छु।किनकी घरायसी काममा बिजि थिय।
अनि भौतिक अध्यनमा बढी केन्द्रित थिय।सामाजिक सञ्चालमा लेख्दा लेख्दै थकित भएको थिएन।अझ म सशक्त भएको छु।राम्रो सिक्ने अबशर पनि पाए।

साथिहरु समाज भित्र धेरै कुराहरु लुकेर बसेको देख्दा सारै दुख लाग्यो।अनि दिनदिनै मनन गर्न थाले।

म एउटा घटना सुनाउछु जुन घटनाको बिषयमा मलाईनै थाहा थिएन।मेरै वडाको घटना पनि हो।

पञ्चदेवल बिनायक नगरपालिका ९ कालेकाँडाको ढाडगाउँ दलित बस्तिमा जात्रा हुन्छ।
त्यो जात्रको ६ महिना पछि एउटा दलितको छोरिको पेटमा बच्चा बसेछ।अनि केटाको बिषयमा खोजी गर्दा मास्क लगाएको थियो कोहो थाहा छैन भन्ने शब्द केटिको मुख बाट निस्के पछि अन्ततः केटिको बुबाले बच्चालाई एब्रोसन गर्ने निर्णय लिएछन।तर,नजिकैको बजारमा रहेका अस्पतालले एब्रोसन नगर्न सक्ने बताएछन।तेसपछी निरास भएका उनलाई भरत बटालाको सल्लाहमा सुर्खेत बाट एब्रोसन गराएछन।अपराधीको खोजी भएन डरले एब्रोसन गराउन बाध्य भएछन।आर्थिक खर्चनि बटालालेनै गरेछन।अहिले उनको बुबा बटालाको घरमा काम गर्न बिर्भत्स छन।
नत उनको न्यायको लागि कसैले पहल गर्‍यो नत कसैलाई जानकारीनै प्राप्त भयो।

साच्चिकै यो घटना उ केटिलाई थाहा भएको छ भन्ने कुरामा गाउँलेहरु निर्धक छन।केही जानकारहरु पनि उस्लाई थाहा भएको छ भन्ने कुरा दाबी गर्छन।
अनि हामिहरु कुरा गर्छु।दलितको समुदायको न्यायको लागि ज्यान दिन तयार छु भनेर।

यो ठाउँमा नत कुनै मिडिया छन नत कुनै मिडिया कर्मिनै।यी ठाउँका समस्याको चिन्ता कस्ले गर्ने।
अर्को कुरा दलितहरुलाई न्याय दिलाई दासत्व बाट मुक्त कहिले गर्ने???

साथिहरु म खोज चिन्तनमा छु।