भानाकोमा पुल नहुदा बर्षा याममा सास्ती

✊✊✊✊✊✊✊✊ अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ९ को भानाकोट बासी जनताहरुको यथार्थ पीडा हो✊✊✊✊✊✊✊✊✊

पञ्देवल बिनायक नगरपालिको पनि विकट वडाको विकट गाउँ भानाकोटका जनताहरुको पिडालाई बुझ्ने कुनै नेतानै बन्न सकेनन।त्यहाको मतदान केन्द्र भन्ने श्री भवानी देबि आधार भुत बिदयालय बुडेगडा पर्छ।
जनताले दिएको भोट उनिहरुका पिडालाई बुझ्न रहेन छ उनिहरुको पीडा माथी पीडा बोध गराउनको लागि रहेछ भन्ने कुरा तस्बिर बाटै प्रष्ट हुन्छ।
तर,मेरो मनासय कसैलाई गाली गर्नु होइन, गलत मनोप्रबृतिको खुलेर बिरोध गर्नु हो।
सम्बन्धित गाउँको बिकाशको निम्ति अछाम जिल्लाका माननीय सांसदहरुको पनि गम्भीर ध्यानाकर्षण हुनुपर्थ्यो तर,किन हुन सकेन त्यो उहाँहरुको बिषय हो।

पञ्चदेवल बिनायक नगरपालिकाको बिकाश निम्ति किन मेयर र उपमेयर को ध्यानाकर्षण हुन सकेन गम्भीर बिषय त्यो हो।कुन कारणले बिकाश गर्न बाट रोकियो यो कुराको स्पष्टीकरण नगरपालिकाले दिनुपर्छ।

वडा कार्यलयका वडा अध्यक्षले पनि आफ्नो र पराई छुट्ट्याएको प्रष्ट देखिन्छ।आफ्नो वडाको बिकाशका निम्ति सबै ठाउँलाई सम्मान रुपमा हेर्नू पर्थ्यो किन हेर्न सकेनन त्यो कुराको स्पष्टीकरण हामिलाई चाहिन्छ र अब हामीहरु हिसाब माग्छु र खोज्छु पनि।यदि नगरले कुनैपनी तवर बाट हाम्रो वडालाई बिकाशको लागि पछाडि सारेको हो भन्ने पनि वडा अध्यक्ष ज्युले स्पष्ट पार्नु पर्छ।होइन भन्ने आफ्नो मनमर्जी गर्ने र भानाकोटको जनाहरुको समस्यालाई समाधान गर्न सक्नु हुन्न भन्ने आफ्नो घरमा गएर आराम गर्दा हुन्छ हामिहरुलाई तपाइँको आबश्यता पनि छैन।यदि यस्तै भैरहने हो भन्ने अब युवाहरु जहाँ भेट्यो तेहि कार्वाही गर्न बाध्य रहनेछ।त्यसैले समयमा चेतना जागोस।अब हामिहरुले कसैलाई पनि छोड्ने छैनौ।

तसर्थ उक्त गाउँको बिकाशका लागि नगरपालिका र वडा कार्यलयको गम्भीर ध्यानाकर्षण होस।होइन भन्ने हामी युवाहरु जहाँ जतिखेर पनि हमला गर्न सक्छौ।त्यसैले समयमै गम्भीर ध्यानाकर्षण होस।
युवाहरुलाई कम्जोर ठान्ने प्रयास नगरियोस् ।