निहुँ एक बाहना अनेक,स्वतन्त्र उम्मेदवारीनै दलित युवाको मृत्युुको पासो

सप्तरी जिल्लाको खडक नगरपालिका वडा नम्बर ४ पंसेराकाका २५ बर्षिय सन्तलाल पासवानको बिराटनगरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ।
बिवाहामा जन्तीसंगै डिजे बाजा बजाउने बाजालाई लिएर भएको बिवाद पछि कुटपिटमा परि दलित युवा सन्तलाल पासवानको हत्या भएको छ।
सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरिको बिवाहामा गत सोमबार जन्ति आएको थियो।डिजे बाजा सहित आएको जन्तिलाई बिवाहा स्थल पुग्नु, अगाडि आफुहरुलाई डिजे बाजामा नाच्न दिनु पर्‍यो भन्दै,गाउँका केही गैर दलित युवाले केहि समय जन्तिलाई रोकेका थिए।बैवाहिक कार्यक्रममा ढिलाई भएपछि सन्तलालका बुबाआमा सहित बेहुली पक्षले जन्ती टोलिलाई बिवाहा स्थल तर्फ जान आग्रह गरेका थिए ।हामिहरुलाई अझै नाच्नु छ,केही बेर अझै पर्खिनु भन्दै गैर दलित युवाहरुले जन्तिलाई रोक्न खोजेपछि बिवाद बढेको थियो।नाच्न पुगेका युवाहरुले बेहुली पक्षलाई गाली गलौच गर्न सुरु गरेपछि सन्तलाल समेतले युवाहरुलाई बिवाद नगर्न भन्नि सम्झाई बुझाई गर्न खोजेका थिय।जन्ती बेहुली घर तर्फ गएको केहि समय पछि हुल बाधेर बुगेका युवाहरुको जमाथले सन्तलाललाई नियन्त्रणमा लिएका थिए र टाउकोमा ईट्टाले निर्घात कुटेपछी उनको अबस्था गम्भीर बनेको बुबा राम आषिश पासवानले बताएका छन।
दलित अगुवा राजदेवले स्वतन्त्र उम्मेदवार खडा गरेका कारणले उनको हत्या गरिएको बताए।
जातिय बिभेदलाई कानुनले दण्डनीय भनेनी व्यावहारिक रुपमा भन्ने केही पनि परिवर्तन भएको छैन।एउटा दलित समुदायले पाटिगत रुपमा टिकट नपाएपछि आफ्नो समुदायको जनसंख्या बाढी भएकाले उम्मेदवार दिएको हुन सक्ने कुरा पुष्टि हुन्छ।नेपालको संबिधानले स्वतन्त्र उम्मेदवार दिन पाउने कानुनी ब्यावस्था ल्याएपनी जातियताकै कारणले सन्तलालले ज्यान गुमाउनुले पनि संबिधान र कानुन माथिनै प्रश्न उठेको छ।विश्व सामु नेपालमा जातियताका कारण घटेका घटनाले नेपालको शिर झुकाएको छ।
स्वतन्त्र उम्मेदवार उठ्ने दलित युवाहरुको सुरक्षा र समानताका लागि राज्यले गम्भीर रुपमा पहल चालि दोषीलाई नेपालको कानुन अनुसार कार्वाही गरियोस।