भिवंडी देखि मलाड जाने क्रममा दिवा स्टेशनमा टेरेनको ठक्कर बाट एक नेपालिको घटना स्थलमै असामयिक निधन

१९अप्रिल २०२२

नेपाल घर दैलेख जिल्ला आठबिस नगरपालिका वडा नम्बर ७ चौला निवासी बिसे बि क का जेठा छोरा दिल्ली बि क भिवंडी देखि मलाड जाने क्रममा दिवा स्टेशनमा टेरेनको ठक्कर बाट घटना स्थलमै असामाजिक निधन भएको छ।उक्त घटना घटे लगतै महाराष्ट्र ठाणेको सिभिल हस्पिटलमा पोस्ट म्याटमका लागि लगिएको थियो।घर बाट आफ्ना आफन्तहरु आएर लासलाई घर लैजाने भनेर केही दिन लासलाई हस्पिटलमा राखिएको थियो।आफन्तहरुको सल्लाह अनुसार उनको अन्तिम दाहाँस्ंस्कार महाराष्ट्रको ठाणेमानै गर्ने सल्लाह भएको थियो।

प्रवासी नेपालिहरुका यस्ता समस्या भने प्राय धेरै जसो देख्न र सुन्न पाइन्छन।त्यि समस्याको समाधान र निकासका लागि कसैले गम्भीरतापूर्वक नलिएको पनि प्रवासिहरुको गुनासो छ।


२२अप्रिल २०२२ आज भने उनको अन्तिम दाहाँस्ंस्कार ठाणेको पुरानो समसाम घाटमा भएको छ।