महिला हिंसा बिरुद्व महिला आफै उठौ

बिमला टमट्टा

महिला हिंसाको विरुद्ध सशक्त न्यायको लागि सरकारले गम्भीरता पुर्वक कहिले सोच्ने??
नेपालमा महिला हिंसाको अन्त्यका लागि विभिन्न आन्दोलन भए।तर,महिला हिंसा भन्ने जस्ताको त्यस्तै।निजि स्वास्थमा राज्य निहित भएर होला सबै राजनीतिक पाटिहरुले सिमित प्रतिशतका आधारमा मात्र महिलाको सहभागी गराउन थाले।महिलालाई असक्षम सम्झेर होला प्रतिशतको भाग भण्डा गरेको।नेपाल सरकारले र केही राजनीतिक पाटिले ३३% सहभागी भन्छ भन्ने कुनै राजनीतिक पाटिहरु ४०% सहभागी भन्छन।तर,महिला हिंसा भन्ने जस्ताको त्यस्तै छ।

महिला अधिकार सुनिश्चित र ब्यवस्थापनका लागि पनि सरकारले गम्भीरतापूर्वक सोच्नु पर्छ।अब महिलाहरु जाग्नुपर्ने बेला आएको छ।असक्षम भन्नेहरुको र प्रतिशत भाग भण्डा गर्नेहरुलाई केही सबक सिकाउनु पर्ने बेला आएको छ।

असुरक्षित महिला आफै प्रतिकार गर्न सक्षम बन्नु पर्छ।घर,बाटो,बिदयालय,मन्दिर कुनैपनी ठाउँमा महिला सुरक्षीत छैन।त्यसैले पनि महिला हिंसा बिरुद्व प्रतिकार गर्न पनि महिला आफै सक्षम हुनुपर्छ।
असक्षम महिलालाई कहिले जगाउने??यो पनि गम्भीरपुर्वक सोच्नुपर्छ।तसर्थ महिला हिंसा बिरुद्ध सशक्त संघर्ष गरौ।