पीडितलाई न्याय खोइ सरकार

अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर 2 रिटेतोलाको जीवन बि क (आबि बि क) को रहस्यमय घटनाले स्तब्ध बनायो।

समय परिवेश अनि त्यही समय र परिवेश संग आफुलाई तुलना गरि ब्यक्तिगत प्रचार प्रचारमा लिपिबद्व हुने सामाजिक अभियान्ता,दलित अधिकारकर्मी,राजनीतिक दलका प्रतिनिधिको कुन हिसाबले म विश्लेषण गरौ।

घटनाको प्रकृति:-

घटना घटेको दिन निच जीवन बि क (आबि बि क) को घरमा कोहि नभएको अबस्थामा त्यो दिन एक्लै घरमा हुन पुग्नु ,तेहि दिन घटना घटनु ,घटना घटेको स्थान नजिकै कुनै हात हतियार नदेखिनु,खाली ब्लेड मात्र भेटिनु,घटनामा कसैले नबोल्नु यो प्रकृतिले घटना संस्कापद देखिन जान्छ।

जिल्ला अस्पतालले घटना जटिल भएको र सो घटनाको उपचार यहाँ हुन नसक्ने भएको जानकारी गराउदै,उपचारका लागि तत्काल बाहिर लिनुपर्ने सुझाव दिएको थियो।
घटना बारे अनुसन्धान नगरी जिल्ला प्रशासन कार्यलय मंगलसेनको नोटिस यस प्रकार आउनु जस्लाई जस्ताको तेस्तै तल उल्लेख छ:-

बिषय:-हेलिकप्टरद्वारा उदार गरिदिने सम्बन्धमा,

प्रस्तुत बिषयमा जिल्ला अछाम पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर 2 आबि बि क बर्ष २१ ले आत्महत्याको प्रयास गरि सिकिस्त घाइते भई हेलिकप्टरबाट उदार गर्नुपर्ने अबस्था रहेकोले निच घाइतेलाई अछाम जिल्ला अस्पताल मंगलसेन देखि काठमाडौ सम्म उपचारका लागि हवाई उदार गरिदिन हुन अनुरोध छ।साथै उक्त हेलिकप्टर भाडा पञ्चदेवल बिनायक नगरपालिका अछामको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेश धनगढी कैलाली बाट भुक्तानी हुने र बिरामीको साथमा कुरुवाको रुपमा निच घाईतेको आफन्त सुरेन्द्र कुमार शाही मोबाइल नम्बर ९८६४६२५४२२ जाने व्यहारा समेत अनुरोध छ।

२०७८/१२/१४ प्रमुख जिल्ला अधिकारी:-बिश्वराम मरासेनी

**श्री आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेश धनगढी कैलाली जानकारीका लागि अनुरोध छ
**श्री पञ्चदेल बिनायक नगरपालिका अछाम मुक्तानीका लागि अनुरोध छ।

*अनुसन्धान छैन बिना अनुसन्धान गरेर आत्महत्या भन्न पाउने अधिकार कस्ले सुनिश्चित गर्‍यो???
*अनुसन्धान गरेर आत्महत्या गर्ने प्रयास गरेकै हुन भन्ने चित्त बुझाउला।नभए किन अनुसन्धानमा ढिला सुस्ती???
*सुरेन्द्र कुमार शाही साच्चै जीवन बि क को आफन्त नै हुन या अरु आफन्त नभएको अबस्था हो???वडा अध्यक्ष कसैको आफन्त हुदैनन,किन जनप्रतिनिधि सबैको अभिभावक हुन।जनताको भोटको लागि जस्तोसुकै हदसम्म पनि जान सक्छन।

उक्त घटनाको बिषयमा सत्यतथ्य छानबिन होस।यस्का लागि सम्बन्धीत निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।घटनाको बिषयको खुल्दुली र कौतहल्ता छिट्टै पत्ता लागोस।आत्महत्या नै हो भन्ने पनि अनुसन्धान बाट पुष्टि गरोस।हत्या गर्ने नै प्रयास हो भन्ने पनि दोषीलाई हदैसम्मको कार्वाही गरिनु पर्छ।यो घटनामा राजनीतिक करण नगरियोस।