कानुन भित्र गहिरो अनुशासन हुन आबश्यक छ

वि.सं.२०७९ वैशाख ९ शुक्रवार ००:३३

- समाज भित्रको मानवीय समनता कुन दिशा तिर लम्किदै छ।एक पटक गम्भीरता पुर्वक सोच्नुपर्ने बेला आएको छ।
नेपाली समाज सभ्य र समानताको प्रतीक छ भन्ने केही ब्यक्तिहरुले जातियताका कारण घटने घटनालाई गम्भीर रुपमा लिनुपर्ने हुन्छ।सैद्धान्तिक र बैचारिक बहस कानुनी फैसला गर्ने न्यायलयमा हुन पनि आबश्यक छ।जहाँ मानव समाजको बिकाश तिब्ररुपमा अघि बढेको हुन्छ।त्यहाँ मानवीय असमानताको गहिरो जग अढेर बसेको हुन्छ।
जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं ८ मा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सत्यानारायण गिरिले सोहि ठाउँ निवासि लाल ब नेपालीलाई जातिय अपहेलना हुने शब्दहरू प्रयोग गर्दै हिजो मिति २०७८ चैत्र २० गते साँझ करिब ६/७ बजे कुटपिट गरेका छन । एमालेको आडमा मान्छेलाई जातकै आधारमा होच्याई, मुखबाट रगत बग्नेगरी कुटपिट गर्नुका साथै शरीरमा लगाएको कपडा च्यातेर फाल्ने जस्तो अत्यन्त घृणित र अक्षम्य कुकर्म गर्ने उक्त घटनाको दोषी सत्यनारायण गिरीलाई तुरुन्त हदै सम्मको कार्वाही गरियोस ।यस्ता समाजता राजनितिक भित्रका कसिङ्गरलाई पनि निकालेर पाटी बाट फ्याक्न पनि आबश्यक छ।एक जना ब्यक्तिले सिङ्गो पाटी माथी आच आउने काम गर्छ भन्ने उस्लाई तत्काल पाटी बाट सादारण सदस्य नरहने गरि निस्कासन गरिनु पर्छ।
सम्बन्धित सरकारका न्यायीक निकायको गम्भीर ध्यानाकर्षण भई कडा भन्दा कडा कार्वाही गरियोस।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार ००:३३